मेरा मन परेका मान्छेका कुरा नि यस्तै

Posted on December 17, 2023
Songs

मेरा मन परेका मान्छेका कुरा नि यस्तै
घरी घरी घाटी रेटने छुरा नि यस्तै ।

कसैको मालामाल छ कोहि बेहाल छन
निर्धा निमुखालाई जित्ने सुरा नि यस्तै ।

धेरै चिज त फेरिए यहाँ सभ्यता ,सत्ता र प्रथा
सुखमा लाउने दुखमा फुटने चुरा नि यस्तै ।

जीवनको मुल्य हुन्छ भन्छन खै के हो के हो ?
ठुलाले सधै खान मिल्ने यि भुरा नि यस्तै ।

भन्छन नया नेपाल बन्छ रे खै के बन्छ बन्छ ?
सत्ता र भत्तामा रमाएका बबुरा नि यस्तै ।


कैलासकुमार पाण्डेय
परशुराम १२ उनरुवा, डडेल्धुरा

Search
Categories