मुटु भन्दा प्यारो लाग्छ, मेरो देशको माटो

Posted on December 6, 2023
Songs
मुटु भन्दा प्यारो लाग्छ मेरो देशको माटो यै माटोमा कोरिएको छ मोक्ष खोज्ने बाटो । मेरै पुर्खा मिलिजुली बनाएको घर हो दाजुभाइ एकाघरका साझा यौटै थर हो । मेरै श्रमले सिन्चिएको सृजनाको माटो यै माटोमा कोरिएको छ मोक्ष खोज्ने बाटो । हिमाल पहाड तराईका सबै बान्की मेरा विविधता सजिएको चारकिल्लाको घेरा । सबै मिलि बनाउनुछ स्वच्छ सुन्दर माटो यै माटोमा कोरिएको छ मोक्ष खोज्ने बाटो । मेरै आफ्नो सभ्यता छ संस्कृति छ मेरै राष्ट्र भाव नजागेमा कुल्चि हिंडथे धेरै । सुन्दर शान्त बनाउने खोज्दैछु म बाटो यै माटोमा कोरिएको छ मोक्ष खोज्ने बाटो । मुटु भन्दा प्यारो लाग्छ मेरो देशको माटो यै माटोमा कोरिएको मोक्ष खोज्ने बाटो । कैलासकुमार पाण्डेय, परशुराम १२ डडेल्धुरा
Search
Categories