तेह्र हाईकु

Posted on December 3, 2023
Blog
तेह्र हाईकु

१ चिसोमा साथी रुइ, फुइ र दुइ जे रोजे पनि ।

२ हिऊँद लाग्यो सधैं झैँ यसै गरि चिसो बढछ ।

३ आकाश हेर्यो नौ लाख तारा छन मन अध्यारो ।

४ एउटा कुरा भन्नै पर्ने थियो रे भन्नै बिर्सियो ।

५ आकाश पनि बिभाजित हुन्छ रे मन फाटेमा ।

६ पत्थर टुट्यो दील टुटे झैं गरि जोडिन्न अब ।

७ आकासे फल आखा तरि मर्नु रे खान मिल्दैन ।

८ उमेर लाई रोक्ने क्षमता छैन चन्चल मन ।

९ तातो मन् तातो अनि बेसार पानी भाग्नेछ सर्दी ।

१० मन मनै हो मनको कुरा लाई बाध्नु हुदैन ।

११ के के गर्दैछ दिमाग खराव छ सायद उस्को ।

१२ घाम अस्ताए रुइ,फुइ र दुइ चाहिने भयो ।

१३ कति सम्झने छोडी जाने निष्ठुरी ढुङ्गाको मन ।

Search
Categories