तेह्र हाईकु

Posted on December 3, 2023
Blog
तेह्र हाईकु
१ चिसोमा साथी रुइ, फुइ र दुइ जे रोजे पनि । २ हिऊँद लाग्यो सधैं झैँ यसै गरि चिसो बढछ । ३ आकाश हेर्यो नौ लाख तारा छन मन अध्यारो । ४ एउटा कुरा भन्नै पर्ने थियो रे भन्नै बिर्सियो । ५ आकाश पनि बिभाजित हुन्छ रे मन फाटेमा । ६ पत्थर टुट्यो दील टुटे झैं गरि जोडिन्न अब । ७ आकासे फल आखा तरि मर्नु रे खान मिल्दैन । ८ उमेर लाई रोक्ने क्षमता छैन चन्चल मन । ९ तातो मन् तातो अनि बेसार पानी भाग्नेछ सर्दी । १० मन मनै हो मनको कुरा लाई बाध्नु हुदैन । ११ के के गर्दैछ दिमाग खराव छ सायद उस्को । १२ घाम अस्ताए रुइ,फुइ र दुइ चाहिने भयो । १३ कति सम्झने छोडी जाने निष्ठुरी ढुङ्गाको मन ।
Search
Categories